विराटनगर । लैङ्गीक समानता र समावेशीकरण परीक्षणमा विराटनगर महानगरपालिकाले ७४ दशमलव ५ अंक प्राप्त गरेको छ । महानगरले अघिल्लो आर्थिक वर्ष ७० दशमलव ५ अंक पाएको थियो । लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
आर्थिक वर्ष २०७९–८० का लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपश्चात प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो ।
उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा चन्द्र उपाध्याय तिम्सिनाले महानगरका मेयर नागेश कोइरालालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार लैससासको स्थिति स्थानीय तहले स्वमूल्याङ्कन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरले पनि लैससास सम्बन्धी आˆनो परीक्षण प्रतिवेदन तयार पारेको हो ।
लैससासको सयवटा सूचकहरुमा आधारित रहेर परीक्षण प्रतिवेदन तयार पारिएको उपाध्यायले बताए । जसमा १ सय पूर्णांकमा ७४ दशमलव ५ अंक प्राप्त गर्न महानगर सफल भएको छ ।
। लैससासको स्थितिमा सुधार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नीति, कानुन तथा योजना, संस्थागत व्यवस्था, मानव सशांधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मुख्य विषय रहेको लैससास परीक्षणमा २२ वटा सहायक विषय र एक सयवटा सूचकमा केन्द्रित रहेर परीक्षण गरिएको थियो ।
प्रतिवेदन बुझ्दै मेयर कोइरालाले लैससास परीक्षण प्रतिवेदनले उठाएका सवालहरुलाई सम्बोधन गर्दै महानगरपालिकालाई कसरी सर्वोत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैलाई पहल र प्रयास गर्न आग्रह गरे।
उपमेयर कार्कीले परीक्षण प्रतिवेदन गहन अध्ययन र सरोकारवालाहरुको सहभागिताबाट तयार पारिएको बताइन् ।
View : 220
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved