Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

आगलागी पीडित विराटनगर–६ वडा कार्यालयलाई फर्निचर सहयोग

उद्‌घोष संवाददाता
३० असोज २०८२, बिहिवार

विराटनगर । गते जेन्जी आन्दोलनका क्रममा आगजनीबाट भौतिक क्षति बेहोरेको विराटनगर महानगरपालिका–६ को वडा कार्यालयलाई फर्निचर सामग्री सहयोग गरिएको छ ।

वडा कार्यालयको स्वास्थ्य शाखामा फर्निचरको अभावले औषधि तथा महत्वपूर्ण खातापाता व्यवस्थापनमा असहज भएको जानकारी पाएपछि पण्डित घनश्याम–चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठान र सरस्वती सामुदायिक सिकाइ केन्द्रले संयुक्त रूपमा सहयोग गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष दामोदर पोखरेलका अनुसार वडा कार्यालयको स्वास्थ्य शाखालाई आवश्यक पर्ने टेबल, कुर्सी र र्याक लगायतका सामग्रीहरू खरिद गरी हस्तान्तरण गरिएको छ ।

सहयोग गरिएको सामग्रीको कुल मूल्य ३२ हजार रुपैयाँ बराबर रहेको उनले बताए । 

सो सामग्री वडा अध्यक्ष हरिश्चन्द्र सहनी, वडा सचिव उत्तम जोशी र स्वास्थ्य शाखाका कर्मचारीहरूको हस्तान्तरण गरिएको हो । 

सो सहयोगपछि वडा कार्यालयको नियमित गतिविधि, विशेषगरी स्वास्थ्य सेवा, व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

View : 307

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved