काठमाडौँ । छैटौं राष्ट्रिय झण्डा दिवसका अवसरमा आइतबार र्याली गरिएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा दिवस मनाइएको हो । दिवसका अवसरमा काठमाडौंको वसन्तपुरबाट र्याली निस्किएको थियो । राष्ट्रिय झन्डा बोकेकाहरु सहभागी र्याली वसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।
नेपालमा २०७५ पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।
‘नेपालीलाई नै झण्डाको एउटा महत्त्व बुझाउनको लागि यो अभियान सुरु गरेका हौं । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस सुरु गरिएको हो‚’ उनले भने, ‘नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामी यो दिवस मनाउँदै आएका छौं।’
View : 262
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved