Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

रक्सी तताउँदा शरीरमा आगो : अस्पताल लैजादा दुर्घटना, तीनको मृत्यु

उद्‌घोष सम्वाददाता
१८ माघ २०८१, शुक्रवार

Advertisement

खोटाङ । मृत्यु शुद्धयाइँमा पाहुनालाई रक्सी दिन तताउने क्रममा पेट्रोलबाट शरीरमा आगो लागेकी महिलाको उपचारमा लैजादा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

खोटाङ केपिलासगढी–३ की ५६ वर्षीया घाइते मायादेवी गुरुङलाई उपचारका लागि काठमाडौ लैजाने क्रममा सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

बुधबार चिसो मौसम भएकाले आगन्तुकलाई तातो रक्सी खुवाउन झुक्किएर पेट्रोलको बोतल खोलेकाले गुरुङको शरीरमा आगो लागेको थियो ।

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि निजी जीपमा काठमाडौ लैजाने क्रममा बुधबार राति ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित भण्डारे खोलामा दुर्घटना भएको थियो । 

दुर्घटनामा आगोले जलेकी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोटम झुवागढी नगरपालिका–१२ जालपा निवासी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको छ । 

जीप सडकबाट करिब सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । जीप चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार छन् ।

स्थानीयका अनुसार मृत्यु संस्कारमा रक्सी तताउने क्रममा झुक्किएर बोत्तलमा राखिएको पेट्रोल तताउदा मायादेबीको शरीरमा आगो लागेको थियो ।

निरीक्षक पोखरेलका अनुसार शरीरमा जलन बढी भएकाले अस्पतालले उपचारका लागि काठमाडौ पठाएको थियो । शरीरमा आगो लागे पनि पीडित पक्षले कारण खुलाएका छैनन् । 

अस्पतालमा पनि आफैं आगो लागेकाले पीडित परिवारले प्रहरीको समन्वय बेगर उपचारमा जाने अस्पताललाई बताएको दुर्घटनापछि खोजविन गर्दा जानकारी प्राप्त भएको पोखरेलले बताए ।

View : 60

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved