घर निर्माण प्रदर्शनी :
विराटनगर । नयाँ–पुराना घर हुन् या कुनै आधुनिक व्यावसायिक भवन, हामीले हाम्रा यस्ता घर तथा भवन संरचनाहरूको छत चुहिने, भित्ता रसाउने र भित्ता उक्किने जस्ता समस्या भोग्दै आएका छौं ।
तर यस्तो समस्याबाट बच्नका लागि घर निर्माणकै क्रममा निर्माण सामग्रीमा प्रयोग गर्नुपर्ने केमिकलको प्रयोगबारे जानकारी भने लिन चाहँदैनौं ।
यो समस्याको समाधान अहिले उत्तम टे«ड लिंकले गर्दै आएको छ । विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको स्टल नम्बर डि–३ मा घरको ढलानमा हाल्ने केमिकलदेखि घर निर्माणमा प्रयोग गरिने पोलिमर, ऐकेली र अन्य केमिकलबारे उक्त टे«ड लिंकले जानकारी दिंदै आएको हो । कम्पनीले यसका लागि सँधैभरी निःशुल्क परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
घर, व्यवसायिक भवन र फ्याक्ट्री निर्माणमा उपयुक्त केमिकलको प्रयोग गर्न सकिए छत चुहिने वा भित्ता रसाउने समस्याबाट मुक्त हुन सकिने उत्तम टे«ड लिंकका म्यानेजिङ डाइरेक्टर जीतेन्द्र नौलखाले जानकारी दिए ।
यस्तो केमिकल घर बाहेक ठूल्ठुला हाइड्रो प्रोजेक्ट, पुल र अग्ला ठुला व्यवसायिक भवनमा अहिले अनिवार्य रुपमा प्रयोग हुने गरेका छन् ।
नयाँ र बलियो घर निर्माणका लागि होस् या पुरानो घरमा हुने सिपेज, नुनिया, धमिरा, क्र्याक आदि सवै समस्याको समाधान सहजै हुन्छ’ नौलखाले भने, ‘यसका लागि आम उपभोक्तामा सचेतना आवश्यक छ, हामीले विराटनगरसहित देशभर हाम्रो उत्पादनमार्फत घरको सुरक्षाका लागि गर्नुपर्ने काम गर्दै आएका छौं ।’
उनले घर निर्माणमा प्रयोग हुने आधुनिक मेसिनहरूमा रड काट्ने, रड बंग्याउने, तल रहेको सिमेन्ट मसलालाई माथिल्लो तलामा लैजाने मेसिनको समेत सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए ।
त्यस्तै डण्डीलाई जोड्ने कपलर, माइक्रो सिलिका, माइक्रो कंक्रिट, जीपी–२ सिमेन्ट, ग्राउट एचएस र प्लाष्टरमा लगाउने पेटेन्ट उत्पादन ‘कन्भ्याक प्सल’ पनि बिक्री गर्दै आएको उनले बताए ।
View : 155
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved