Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

इक्वालिटी कप महिला क्रिकेट

मोरङ समूह विजेता, फाइनल खेल इलामसँग

उद्‌घोष सम्वाददाता
२४ फागुन २०८०, बिहिवार

विराटनगर । विराटनगरमा भइरहेको तेस्रो संस्करण इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ ।

बिहीबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै मोरङ समूह विजेता बनेको हो । इलाम र मोरङ यसअघि नै फाइनलमा पुगेका छन् ।

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ४ बलमा सबै विकेट गुमाई ७६ रनको सामान्य योगफल तयार पारेको थियो । इलामकी दिपा लिम्बुले सर्वाधिक १५ रनको योगदान दिइन् ।

मोरङकी प्लेयर अफ द म्याच चाँदनी यादवले ४ विकेट लिदा सुभेच्छा लिम्बूले ३ विकेट लिइन् । ७७ रनको सामान्य लक्ष्य पाएको मोरङले ९ ओभरमा २ विकेट गुमाई विजयी लक्ष्य भेट्टाएको थियो ।

मोरङकी प्रिन्सा राईले नटआउट ३० रनको योगदान दिदा सानु राजवंशीले १४ रन र पूर्णीमा राजवंशीले नटआउट १० रनको योगदान दिइन् । इलामकी यमुना लिम्बू र मुना राई १–१ विकेट लिइन् ।

दोस्रो खेलमा सप्तरीले सिरहालाई ४२ रनले पराजित गर्दै सान्त्वना जित हात पारेको छ । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा २  गुमाई १ सय ४८ रनको स्कोर खडा गरेको थियो । सप्तरीकी साक्षी यादवले नटआउट ३४ रन बनाउँदा निशु चौधरीले २६ रनको योगदान दिइन् । सिरहाकी अनु यादव र निलम महतो १–१ विकेट लिइन् ।

१ सय ४९ रनको लक्ष्य पछ्याएको सिरहाले १९ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ६ रनमा सीमित भयो । सिरहाका लागि  अर्चना महतोले सर्वाधिक १८ रनको योगदान दिइन् । सप्तरीकी मञ्जु रामले ३ विकेट लिादा सुस्मिता यादवले २ विकेट लिइन् । 

View : 162

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved