बरामद गाँजाका साथ सशस्त्र प्रहरी ।
विराटनगर । जेनजी आन्दोलनपछि लागुऔषधका कारोबारी बढेका छन् ।
मंगलबार मोरङको बुढीगंगा गाउँपालिका–१ बाट सशस्त्र प्रहरीले करिव २० किलो गाँजा बरामद गरेको छ ।
बिहान साढे ६ बजे घुम्ती गस्तीमा रहेका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे सवार भ्यानलाई देखेर एक ब्यक्ति जेब्रा झोला फालेर फरार भएका थिए ।
सशस्त्र प्रहरीले झोला खोलेर हेर्दा थाक मिलाएर राखिएको गाँजा बरामद गरेको जनाएको छ ।
कारोबारीले मेसिनले थिचेर गाँजाको थाक बनाई पहाडका जिल्लाबाट तराई र भारतमा पठाउने गर्दै आएका छन् ।
३ नम्बर गण हेडक्वाटर मोरङबाट विराटनगरतर्फ जाँदै गरेको भ्यानलाई देखेर टाउकोमा बोकेको जेब्रा झोला खाल्डोमा फाल्दै मानिस भागेका थिए ।
आवश्यक अनुसन्धान र कारवाहीका लागि गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 287
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved