Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना हुँदा ट्रकमा आगलागी भई चालकको जलेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा अचानक आगलागी भएको हो ।

आगलागीमा परी ट्रकका चालक भोजपुरका ३० वर्षीय विशाल राई गम्भीर घाइते भएका थिए । उनी ट्रकबाट बाहिर निस्कन सफल भए पनि शरीरमा गम्भीर जलन भएकाले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेका छन् ।

प्रहरीले दुर्घटनाको कारण र आगलागीको अवस्थाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

View : 65

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved