विराटनगर । विराटनगरस्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम (रेडियो नेपाल) मा कार्यरत प्राविधिक अधिकृत प्रकाश थन्दारको सडक दुर्घटनामा परी निधन भएको छ ।
सुनसरीको गढी गाउँपालिका–२ घर भएका ५५ वर्षीय थन्दार मंगलबार राती दुर्घटनामा परेका हुन् ।
दुहबी नगरपालिका–११ स्थित सिमरबना पुल नजिकैको भित्री सडकमा बा ७५ प ३११० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित चालक थान्दार सिमरबना पुलबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेजमा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
थन्दारको निधनप्रति रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरमा कार्यरत कर्मचारी तथा सञ्चारकर्मीहरूले दुःख व्यक्त गरेका छन् ।
View : 75
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved