Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगर क्रिकेट क्लब लिगको फाइनलमा

उद्‌घोष संवाददाता
९ माघ २०८२, शुक्रवार

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा भैरहेको क्रिकेट लिगमा विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी विजयी भएका छन् ।

बिहीबार भएको समूह ‘ए’ को खेलमा विराट क्रिकेट एकेडेमीले मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९७ रनको योगफल तयार पारेको थियो । जवाफमा ९८ रनको लक्ष्य पछ्याएको विराटले १५ दशमलव १ बलमा ५ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । 

दोस्रो खेलमा विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले इलाइट क्रिकेट एकेडेमीमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ । 

समूह ‘ए’ मा लगातार तीन खेलमा जित निकाल्दै ६ अंकका साथ फाइनलको यात्रा तय गरेको हो । 

विराटले खेलेको तीन खेलमा दुई खेलमा जित र एक खेलमा पराजित हुँदै ४ अंकका साथ दोस्रो स्थान, इलाइटले तीन खेलमा एकमा जित र दुई पराजित हुँदै २ अंकका साथ तेस्रोे स्थान र मिल्सले खेलेको तीन खेलमै पराजित भएर अंकविहीन हुँदै पुच्छारमा रहेको छ ।

टस जितेर ब्याटिङ गरेको इलाइटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९९ रनको सामान्य योगफल तयार पारेको थियो । 

जवाफमा १ सय रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो ।

View : 80

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved