विराटनगर । नेपाल मुस्लिम इत्तेहाद संगठन विराटनगर महानगर कमिटीको अध्यक्षमा मो. समशेर (समिर) चयन भएका छन् ।
शुक्रबार नेकपा एमाले मोरङको पार्टी कार्यालय पान्चालीमा सम्पन्न तेस्रो महानगर अधिवेशनबाट ११ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा मो. सहवाज, सचिवमा जफर अलि, सहसचिवहरुमा रोशनी खातुन र सेहजादा हुसैन चयन भएको निवर्तमान अध्यक्ष मोहमद हमिद आजादले बताए ।
त्यस्तै मोहमद अख्तर, मोहमद सराजुल, सुवि कुरेशी, एजाज शेख, इरसाद हुसैन र समसाद खान रहेका छन् ।
नेकपा एमाले महानगर कमिटीका अध्यक्ष रोहित कोइराला, इत्तेहाद संगठन कोशी प्रदेश अध्यक्ष अजिम आलम, मोरङ जिल्ला इन्चार्ज ईमाम हैदर लगायतले शुभकामना दिएका थिए ।
View : 96
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved