विराटनगर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ विराटनगरको अध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् ।
शनिबार भएको प्रथम अधिवेशनबाट विराटनगर–३ स्थित पोखरिया मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमको अध्यक्षतामा १३ सदस्यीय समिति चयन भएको हो ।
महासंघको उपाध्यक्षमा जनता माविका व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह, सचिवमा जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष रोहित कोइराला र कोषाध्यक्षमा बहिरा माविकी व्यवस्थापन समिति अध्यक्ष मीना जोशी रहेकी छन् ।
त्यस्तै सदस्यहरूमा मोहम्मत गुल्जार, इमाम हैदर, भोजराज शर्मा, भारती पोखरेल, हरिनारायण साह, गोविन्दप्रसाद पोखरेल, अमरलाल चौधरी र ओम निरौला रहेका छन् । महासंघले देशभरका सामुदायिक विद्यालयमा सुधारको अभियान सञ्चालन गर्दै आएको जनाइएको छ ।
View : 364
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved