विराटनगर । नेपालका लागि हिरो ब्राण्डको मोटरसाइकलको आधिकारिक विक्रेता सिजी मोटर्सले नयाँ बर्ष २०८३ लाई लक्षित गरेर ‘नयाँ युगको प्रारम्भ’ अफर ल्याएको छ ।
कम्पनीले नेपालभर सुरु गरेको यो अफर आगामी बैशाख ३१ गतेसम्म संचालन हुने कम्पनीका कोशी प्रदेश क्षेत्रीय प्रबन्धक तीर्थ रिजालले जानकारी दिए ।
यो अफर अन्तरगत नयाँ मोटरसाइकल खरिदगर्दा डिजिटल स्क्रयाचमार्फत न्यूनतम् ६ हजार रुपैयाँदेखि अधिकतम् एकलाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । छुट प्राप्त गर्न ग्राहकले कुपन स्क्रयाच गर्नु पर्नेछ । जहाँ ६ हजार न्यूनतम् छुट पक्का हुने तथा एक लाखसम्म छुट हुन सक्ने जनाइएको छ ।
यस्तै पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दासमेत ग्राहकले ६ हजार रुपैयाँ अतिरिक्त मुल्याङ्कन पाउने कम्पनीको विराटनगरस्थित विक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालिका सेल्स प्रमुख प्रशन्नभक्त माथेमाले जानकारी दिए ।
यो अफर फाइनान्समा समेत लागू हुने कम्पनीले जनाएको छ । सहज फाइनान्समार्फत ग्राहकले बिना कुनै झन्झट नागरिकताकै भरमा मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने माथेमाले जानकारी दिए ।
स्कुटर र मोटरसाइकलको बजारमा सफल ब्राण्ड हिरो कम्पनीका स्प्लेण्डर प्लस, सुपर स्प्लेण्डर, एक्सट्रिम १२५, एक्सट्रिम १६०, एक्स प्लस मोटरसाइकल र जुम स्कुटर ग्राहकमाझ लोकप्रिय रहेका छन् ।
View : 78
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved