Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

जीपीए ४ ल्याउने तीन विद्यार्थीलाई बूढानीलकण्ठद्वारा नगदसहित सम्मान

उद्‌घोष संवाददाता
१९ जेठ २०८३, मङ्गलवार

विराटनगर । विराटनगर–२ स्थित बूढानीलकण्ठ सेकेण्डरी इङ्लिस स्कूलबाट यस वर्षको एसईई परीक्षामा जीपीए ४ ल्याएर उतीर्ण हुने तीन विद्यार्थीलाई विद्यालयले सम्मानित गरेको छ । 

मंगलबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरू सरस अधिकारी, आयुष ढुंगाना र आयुषा ढुंगानालाई नगदसहित सम्मानित गरिएको हो ।

विद्यालयका अध्यक्ष बुद्धिबहादुर प्रधान, प्रिन्सिपल मणिराज भट्टराई र विद्यालयका निर्देशक सन्देश सुवेदीले उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेका छन् । 

प्रिन्सिपल भट्टराईले नर्सरीदेखि नै विद्यार्थीहरूको निरन्तरको मेहनत र विद्यालयको जिम्मेवारी बोधले यो परिणाम आउन सफल भएको बताए । 

उनले हरेक बर्ष उत्कृष्ट नजितासहित विद्यार्थीहरूले विद्यालयको गौरव बढाउँदै अन्य विद्यार्थीहरूलाई उत्प्रेरित गरेको बताए ।

‘मेहेनत गरेर अघि बढ्नका लागि बाटो बन्दै गएको छ, हामीलाई पनि अझ राम्रो गर्ने अवसर निर्माण भएको छ’ प्रिन्सिपल भट्टराईले भने, ‘अब हरेक बर्ष राम्रो प्रतिफल ल्याउने ठाउँमा आइपुगेका छौं ।’

विद्यालयका अध्यक्ष प्रधानले हरेक पटक विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै आएको बताए । उनले हरेक विद्यार्थीले आफूले मेहेनत नगरी राम्रो नतिजा आउन नसक्ने भन्दै लगशिल भएर पढ्न आग्रह गरे ।

यस बर्षको एसईई परीक्षामा विद्यालयबाट १०० जना विद्यार्थी सामेल भएका थिए । उनीहरू मध्ये विद्यार्थी किशन अग्रवालले ३.९६ जीपीए र सेबिका दाहालले ३.९५ जीपीएसहित ६८ जनाले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका थिए ।

विद्यालयले विगत वर्षझैं यस वर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गरेको प्रिन्सिपल भट्टराईले बताए । 

बूढानीलकण्ठबाट २०८० सालको एसईई परीक्षामा पहिलो पटक विद्यार्थी सिरिन भट्टराईले जीपीए ४ ल्याएर विद्यालयको जीपीए ४ को यात्रा सुरु भएको हो ।

View : 370

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved