विराटनगर । विराटनगर–९ स्थित हिमालयन दर्शन कलेजले बीएचएम अन्तरगत चौथो सेमेष्टरमा कोशी प्रदेश टपरसहित सात जना विद्यार्थीलाई सम्मान गरेको छ ।
आइतबार कलेजका निर्देशकहरू भेषराज पोखरेल, शैलेन्द्र शिवाकोटी र क्याम्पस प्रमुख भरत सापकोटा लगायतले उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरूलाई खादा लगाएर सम्मानित गरेका हुन् ।
कलेजका अनुसार त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको बीएचएम चौथो सेमेष्टरको परीक्षाफलमा ३.९५ एसजीपीए ल्याएर विद्यार्थी रामकृष्ण खत्री क्षत्रीले कोशी प्रदेश टप गरेका छन् ।
त्यसैगरी ३.९२ एसजीपीए ल्याएर आदित्य चाम्लिङ राई कोशी प्रदेशकै दोस्रो बनेको जनाइएको छ । कलेजले खत्री र चाम्लिङसहित उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरू अमन साह, निशु गौतम, कृतिका थापा, सञ्जित थापा, सुमन भुजेल र प्रमोद पोखरेललाई सम्मान गरेको हो ।
उनीहरूलाई कलेजले छात्रवृति समेत प्रदान गर्ने क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।
कार्यक्रमका कलेजका को–अर्डिनेटर भुपाल मिश्र, सुमित साह, कुशल निरौला र अञ्जु भुजेल लगायत शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
हिमालयन दर्शन कलेज बीएचएम, बीआइएम, बीसीए, विएस्सी, सीएसआईटी र बीबीएस अध्यययनका लागि विद्यार्थीहरूको रोजाइमा पर्दै आएको जनाइएको छ ।
View : 143
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved