सुनसरी : सामुदायिक विद्यालयमा बिद्यार्थीको आकर्षण बढाउन इटहरी उपमहानगरफालिकाले दिवा खाजा कार्यक्रम सुरु गरेको छ । संघीय सरकारबाट सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुका लागि दिवा खाजा कार्यत्रम सञ्चालन गरेपनि इटहरी उफमहनगरले कक्षा ६ सम्मको बिद्यार्थीको लागि कार्यक्रम सुरु गरेको हो ।
चालु आर्थिक बर्षका लागि सामुदायिक बिद्यालयमा दिवा खाजा कार्यत्रमका लागि साढे ३ करोड रुपैयाँ छुट्याएको उपमहानगरले आइतबार इटहरीको राष्टिय उच्च माबिबाट यो कार्यक्रम सुरुवात गरेको हो ।
सामुदायिक बिद्यालयप्रति बिद्यार्थीको आकर्षण घटिरहेको बेला सो कार्यक्रमबाट बालबालिकाको बृद्धि र शैक्षिक विकासमा सहयोग पुग्नुका साथै विद्यालय शिक्षामा भर्नादर अभिबृद्धि हुने, विद्यालय छाड्ने दर, घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वास गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।
बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले संघीय सरकारबाट दिवा खाजा संचालन गरेपनि सो कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै उपमहानगरले बजेट थपगरी कक्षा ६ सम्म खाजा दिने निर्णय गरिएको जनाएको छ ।0
सरकारले प्रत्येक व्यक्तिलाई दिवा खाजाको लागि दैनिक उपलब्ध गराउने १५ रुपैयाँ न्यून भएको र विद्यालयले उचित व्यवस्थापन गर्न नसक्दा आˆना बालबालिकाले नियमित खाजा खान नपाएको अभिभाकहरूले गुनासो गरेपछि उपमहानगरले दिवा खाजा कार्यक्रम सुरु गरेको नगरप्रमुख पौडेलले बताए ।
अहिलेको महंगीमा सरकारले उपलब्ध गराएको १५ रुपैयाँले एउटा स्याउसमेत नआउने भएकाले उपमहानगरले बजेट थप गरी कार्यक्रम सुरु गरिएको नगरप्रमुख पौडेलको भनाइ छ । सामुदायिक बिद्यालयमा दिवा खाजा कार्यक्रमले नगरक्षेत्रमा रहेका ३७ वटा बिद्यालयका ८ हजार बिद्यार्थी लाभान्वित हुने उपमहानगरको दाबी छ ।
View : 157
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved