विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा खानेपानी व्यवस्थापनका लागि ल्याएको विधेयक पारित हुने भएको छ ।
प्रदेश सभाको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा दफाबार छलफलपछि प्रतिवेदनसहितको विधेयक बिहीबार छलफलका लागि सरकारका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले सभामा पेश गरेका थिए ।
मन्त्री कार्कीले २०७४ मा प्रदेशको पहिलो निर्वाचन भएपनि प्रदेश तहमा खानेपानी सम्बन्धि ऐनको अभाव रहेको बताए ।
उनले अहिलेसम्म संघीय ऐनबाट काम चलाउँदै आएकोमा अब प्रदेशकै ऐन बनेर आउन लागेको बताए ।
मन्त्रालयले नै २०८१ मा प्रदेश सभा समक्ष विधेयक प्रस्तुत गरेको थियो । उक्त विधेयकमा प्रदेश सभामा छलफलपछि संशोधन प्रस्तावसहित विषयक समितिमा पेश गरिएको थियो ।
समितिका सभापति होमबहादुर थापाले प्रतिवेदनसहित विधेयक प्रदेश सभामा पेश गरेपछि त्यसमा छलफल गरी पारित हुने निश्चित भएको हो ।
समितिको प्रतिवेदनसहितको विधेयकमा बिहीबार प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले आफ्ना धारणा राखेका थिए । उनले विधेयकले नागरिकलाई खानेपानी र सरसफाईको अधिकार प्राप्त हुने बताए ।
View : 537
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved