विराटनगर । विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यसहित विराटनगरमा ‘एक चिहान’ नाटक प्रदर्शन शुरु भएको छ ।
हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ उपान्यासलाई नाटकमा रुपान्तरण गरी विराटनगर–८ स्थित आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा सो नाटकको प्रदर्शन भइरहेको हो ।
२०१७ सालमा लेखक प्रधानद्वारा लिखित उपन्यासलाई पछिल्लो समय उच्च माध्यमिक शिक्षा परिषद्ले अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरेको छ। पाठ्यक्रममा परेपछि कक्षा ११ र १२ का विद्यार्थीले यो उपन्यास पढ्नुपर्ने हुन्छ ।
विद्यार्थीहरुको पढाइमा सहयोग पुर्याउने उद्देश्यसहित नाटकको प्रदर्शन सुरु गरिएको नाटक संयोजक देवेन्द्र यादवले जानकारी दिए । आफूले अध्ययन गर्नुपर्ने विषय नाटकको रुपमा हेर्न पाउँदा विद्यार्थीहरुको सिकाइ सहज हुने उनले बताए ।
नाटकमा हिमाल, पहाड र तराईको सम्बन्ध प्रस्तुत गर्नुका साथै सामाजिक चेतना र मानवीय मूल्यबोधका साथै संस्कारगत अन्धविश्वासलाई छोड्दै जानुपर्ने सन्देश दिइएको छ ।
भदौ ११ गतेबाट शो सुरु भएको नाटकको दैनिक तीन शो प्रदर्शन भइरहेको जनाइएको छ ।
नाटकको प्रदर्शन सुरु भएपछि दैनिकरुपमा विभिन्न उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुको समूह नाटक हेर्न आउने गरेको जनाइएको छ ।
हालसम्म बीकेभीएम, ग्यालेक्सी, अरनिको, ग्रिनल्याण्ड र कान्तिपुर लगायतका विद्यालयका विद्यार्थीहरुले समूहगत रुपमा यो नाटक हेरिसकेको आरोहण गुरुकुलले जनाएको छ ।
अन्य सर्वसाधारणले समेत हेर्न सक्ने नाटकका लागि टिकट शुल्क ३ सय र विद्यार्थीका लागि ५० प्रतिशत छुट निर्धारण गरिएको छ । नाटकको अवधि एक घण्टा ४५ मिनेटकोे छ ।
View : 644
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved