चुनावी अभियानमा उदयपुरमा रहका गंगा जमुना उम्मेदवार थापासँग । तस्वीर : उद्घोष
विराटनगर । जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना तामाङ चुनाव प्रचार गर्दै विराटनगरबाट उदयपुर पुगेका छन् । मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोल तताएका उनीहरूको उदयपुरमा माग भएको हो ।
घरमा श्रीमान् र छोराछोरीनै झुक्किने दुरूस्तै अनुहार, स्वर र हाउभाउ भएका दुई दिदीबहिनी दुईसाता भन्दा बढी एमाले उम्मेदवार विनोद ढकालको निर्वाचन प्रचारमा थिए ।
को गंगा, को जमुना छुट्याउन गाह«ो हुने भएकाले पनि प्रचारका क्रममा मतदाताले उनीहरूको प्रचारशैलीलाई मन पराउने गरेका छन् ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चामा आएका उनीहरूलाई उदयपुर क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार रहेका दुर्गाकुमार थापा स्वस्तीको प्रचारमा पुगेका हुन् ।
बिहान उज्यालो भएदेखि बेलुकासम्म उनीहरू प्रचारका क्रममा नाच्दै गाउँदै उमेदवारसँगै रहन्छन् ।
माइती उदयपुर भएकाले पनि उनीहरू उम्मेदवार तथा बेलका नगरपालिकाका पूर्व मेयर थापाको प्रचारमा गएको बताउँछन् ।
विराटनगरको बसोबासमा नेता विनोद ढकालसँग चिनजान भएको र आफुहरूपनि एमाले समर्थकनै भएकाले मोरङको प्रचारपछि पुरानो चिनजानका थापाको प्रचारमा पुगेको गंगाले बताइन् ।
विराटनगर–४, जामुनगाछी निवासी दिदीबहिनी एउटै रङ र डिजाइनको पहिरनमा मात्रै हैन, जुत्तँ, ब्याग, टीका, चुरा, माला एकै किसिमको लगाउँछन् ।
‘हामी कुनै पनि शरीरमा लगाउने चिज खरिद गर्न जाँदा हुबहु दुई थान नपाए किन्दैनौं’ गंगाले भनिन् ।
भेषभूषा, उस्तै बोलीचाली, समान हाउभाउ र मुस्कानका कारण उनीहरू जहाँ पुग्छन्, त्यहाँ कौतूहलता र आकर्षण बढ्ने गरेको छ ।
चुनावी अभियानमा हिंडेका गंगा जमुना प्रचारका क्रममा पार्टीको गीतमा नृत्य पनि उस्तै गर्छन् । सोही कारण बिभिन्न क्षेत्रका उम्मेदवारहरूले बोलाउने गरेका छन् ।
पेशाले ब्युटिसियन गंगा र जमुना विराटनगरको जामुनगाछीमा रहेको गंगा ब्यूटी पार्लरमा अरूलाई श्रृङ्गार गर्नमा ब्यस्त रहन्छन् ।
उनीहरू चुनावका लागि एक महिनादेखि पेशा छाडेर लागेका छन् ।
‘पेशा भन्दा अभियान ठूलो हो, आपूmले चाहेको दल र नेताले जितेर गए देशको विकास हुन्छ’ उनीहरू बताउँछन् ।
उनीहरूको सम्बन्ध केवल दिदीबहिनीको मात्र नभएर जीवनको अभिन्न अंग सरह छन् ।
‘गंगा बिना जमुना अधुरो, जमुना बिना गंगा अधुरो’ गंगाले भनिन्–‘त्यही कारण हामी उदयपुरबाट आएर पनि आमने सामने घर बनाएर बसेका छौं ।’
आधा घण्टाको फरकमा जन्मिएका यी दिदीबहिनीलाई चिन्न जन्म दिने आमा पनि अलमलिन्थिन् ।
View : 463
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved