Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका उच्च पहाडी क्षेत्रमा पानी पर्दै

उद्घोष सम्वाददाता
१६ असोज २०८१, बुधवार

विराटनगर । कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्न सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि लगातार कोशी प्रदेशमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो ।

बुधबार अपरान्हदेखि पहाडी जिल्लामा वर्षा भएको जनाइएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

मौसम शाखाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन् । 

महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको उल्लेख गरेको छ ।

View : 124

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved