सांकेतिक तस्विर ।
विराटनगर । झापाको गौरीगञ्जमा बुधबार बिहान एकजनाको जलेर मृत्यु भएको छ ।
गौरीगञ्ज गाउँपालिका–१ बिर्खेबस्तीमा तरकारी बारीमा रहेको परालमा सल्किएको आगोले जलेर ५५ वर्षीय निलकण्ठ घिमिरेको मृत्यु भएको जनाइएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान अघि बढाएको हो । शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको जनाइएको छ ।
View : 272
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved