Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

रोहनले जिते एनसेलको स्कुटर

उद्‌घोष सम्वाददाता
२२ कार्तिक २०८०, बुधवार

विराटनगर : एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार स्कुटर प्रदान गरेको छ । सो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चालन गरिएको थियो ।

विराटनगरस्थित एनसेल सेन्टरमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् । भदौ ३१ देखि २८ दिनसम्म सञ्चालित सो योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १ हजार ग्राहकहरुलाई हरेक हप्ता १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।

हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ बम्पर प्राइज हस्तान्तरणको हिस्सा बन्न पाउदा म हर्षित छु । रोहन शर्मालाई धेरै–धेरै बधाई, अभिनेत्री कार्कीले भनिन् । सो योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा एउटा नारा पठाएका थिए । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए ।  

सो योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । मंगलबार नै धनगढी र हेटौडास्थित एनसेल सेन्टरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा पनि अन्य २ बम्पर पुरस्कार विजेतालाई स्कुटर हस्तान्तरण गरिएको छ । धनगढीमा सुर्खेतकी गोमा कुमारी खराललाई र हेटौडामा चितवनकी रिना ढकाललाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

बाकी ४ विजेताले बुधबार र बिहीबार आफ्नो बम्पर पुरस्कार प्राप्त गर्नेछन् । ४५ हजार भन्दा बढी नाराहरु पठाई योजनालाई सफल बनाईदिएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई आभार प्रकट गरेको छ । यसैबीच एनसेलले मंगलबार दिउँसो धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको छ ।

सो कार्यक्रममा अभिनेक्री कार्कीले एनसेल सेन्टरमा आएका ग्राहकहरुसग अन्तरत्रिया गर्नुका साथै  १०० रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेकी थिइन् ।
 

View : 172

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved