विराटनगर । लेटाङ नगरपालिकाका विद्यालयहरूले २०८१ को एसईई परीक्षाको नजितामा दोब्बर सुधार गरेका छन् । २०८० को तुलनामा सतप्रतिशत भएको जनाइएको छ ।
लेटाङका सामुदायिक र निजी गरी कूल २१ वटा विद्यालयबाट ६२० जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । जसमध्ये ७४.६८ प्रतिशत अर्थात ४ सय ६३ जना विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ ।
गत बर्ष भने लेटाङबाट ३५.६४ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
२०८१ को नतिजामा सामुदायिक विद्यालयका ६५.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । २०८० मा सामुदायिक र संस्थागत समेत गर्दा ३५.६४ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए ।
नगरपालिकाले सामुदायिक विद्यालयको नतिजा सुधारका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेको थियो । सबै माध्यमिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ सञ्चालन गरेका कारण नजितामा उल्लेख्य सुधार भएको शिक्षा शाखा प्रमुख कृष्णराज राईले बताए ।
View : 428
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved