विराटनगर । समाजशास्त्री प्राडा गणेशप्रसाद क्षेत्रीद्वारा लिखित समाजशास्त्रीय राजनीतिक ज्ञानकोष पुस्तकको बुधबार विराटनगरमा विमोचन गरिएको छ ।
एलिट क्लव विराटनगरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डल, प्राडा प्रमोदकुमार झाले राजनीति गर्नेका लागि प्राडा क्षेत्रीद्वारा लिखित ज्ञानकोष पढ्नै पर्ने किताव भएको बताए ।
सो अवसरमा लेखक प्राडा क्षेत्रीले विभिन्न तहमा जिम्मेवारीमा बसेका नेताहरुलाई समाजशास्त्रीय राजनीतिको आधारभूत ज्ञान दिने उद्देश्यले पुस्तक लेखिएको बताए ।
View : 565
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved