सुनसरी । धरान–३ गौधाराबाट मेडिकल सञ्चालक दम्पती र धरान–८ बाट अर्का एक दम्पतीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति मेडिकल पसलमा लागुऔषध बिक्री वितरण भैरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसलभित्र खानतलासी गर्दा कार्टुनमा लुकाई राखेको नियन्त्रित औषधि ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट बरामद भएको हो ।
नियन्त्रित औषधि बरामद भएसँगै मेडिकल सञ्चालक धरान–३ का ४१ बर्षीय सुरज वनेम र उनकी श्रीमती ४२ बर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो ।
यसैगरी धरान–८ का ३१ बर्षीय सन्तोष परियार र उनकी श्रीमती २० बर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोवार गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
View : 122
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved