विराटनगर । विराटनगर मेनरोडस्थित सत्यनारायण मन्दिरको नयाँ कार्यसमिति चयन भएको छ । दुई वर्षे कार्यकालको लागि अभिनास बोहोरा सभापतिमा चयन भएका छन् ।
हालै सम्पन्न साधारण सभाले प्रदीपकुमार तोदीलाई उपसभापति र राजेन्द्रकुमार करवालाई सचिव चयन गरेको छ । त्यस्तै कोषाध्यक्ष सन्तोषकुमार अग्रवाल र सहसचिव नरेशकुमार राठी चयन भएका छन् ।
सदस्यहरूमा घनश्याम राठी ‘मेनरोड’, हंसराज अग्रवाल, बिमलकुमार अग्रवाल, मुकेशकुमार राठी, रविन्द्रकुमार शर्मा, विष्णु परासर, शिरोमणि भट्टराई, विष्णुप्रसाद वाग्ले चयन भएका छन् ।
निवर्तमान सभापति रामअवतार अग्रवाल, संरक्षक मण्डलका अध्यक्ष शंकरलाल अग्रवाल, सदस्य चम्पालाल राठी, राजकुमार अग्रवाल बनीवाल, सुधीरकुमार अग्रवाल तोदी, घनश्याम राठी ‘बाटारोड’ सहितको उपस्थित बैठकले नयाँ कार्यसमिति चयन गरेको हो ।
View : 32
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved