Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रक्सी खाएका बुवाले रिसको झोंकमा गोली हानेर छोराको हत्या

उद्‌घोष संवाददाता
१० कार्तिक २०८२, सोमवार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले आफ्नै छोरालाई गोली हानेर हत्या गरेका छन् ।

रक्सी खाएर मातेको अवस्थामा ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकले हानेर हत्या गरेका हुन् ।

बखतसिंहले आइतबार दिउँसो ३ः२० बजेतिर आफ्नै घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरी अनुसन्धानले खुलेको जनाइएको छ । 

छोरा सफलको दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका कारण घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

View : 433

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved