फोटो बायाँबाट क्रमशः शशी र सुरज तथा मन्दिप र दिपेश । तस्वीरः उद्घोष
विराटनगर । विराटनगर–३ वडाध्यक्ष कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा शशी चौधरी र सुरज मगरको जोडीले प्रथम भएर ३५ हजार रुपैयाँ नगदसहितको शिल्ड जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा उनीहरूले मन्दिप घले र दिपेश पन्तको जोडीलाई पराजित गरेका थिए ।
दोस्रो हुने मन्दिप र दिपेशले ३० हजार रुपैयाँ र शिल्ड प्राप्त गरेका छन् । यस्तै नविनसिंह राई र ज्योतिहाङ राई तथा सञ्जय राई र सञ्जय राईको जोडी तृतीय भएर १८ हजार रुपैयाँ राशिको पुरस्कार पाएका छन् ।
राजधानी युवा क्लव विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा मेन्स डबल तर्फ उनीहरुले जीत हासिल गरेका हुन् ।
यस्तै भेट्रान्स (४५ वर्ष माथि) को खेलमा धनकुमार श्रेष्ठ र शिखर श्रेष्ठको जोडी प्रथम भएर ३० हजार रुपैयाँ राशिको पुरस्कार र शिल्ड जितेका छन् ।
यो समुहमा नविनसिंह राई र विकास श्रेष्ठको जोडी दोस्रो भएर २० हजार रुपैयाँको पुरस्कार पाएका छन् ।
डा.मनोज लाखे र विनोद डांगी तथा राजु कटुवाल र अर्जुन नाल्बोको जोडी तृतीय भएर १६ हजार रुपैयाँ नगद राशिको पुरस्कार पाएका छन् । बिजेताहरुलाई वडाध्यक्ष बासु बस्नेत, क्लबका अध्यक्ष राजु ढकाललगायतले पुरस्कार प्रदान गरे ।
राजधानी युवा क्लवको म्याट जडित दुई वटा कोर्टमा भएको प्रतियोगितामा मोरङ जिल्लाका ५८ जोडी खेलाडीले सहभागिता जनाएको प्रतियोगिता संयोजक उद्धवराज कोइरालाले बताए ।
मोरङका बासिन्दा भए पनि केन्द्रीय स्तरका प्रतियोगिता जितेका खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराइएको थिएन । तर बाहिरका बासिन्दा भए पनि मोरङमा कार्यरतहरूलाई भने खेलमा सहभागी गराइएको थियो ।
View : 190
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved