Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

भोटेकोशी बाढीपीडितका लागि काली शक्तिपीठद्वारा १ लाख ११ हजार  सहयाेग

उद्‌घोष संवाददाता
३० भदौ २०८३, मङ्गलवार

Advertisement

 विराटनगर ।  विराटनगरस्थित ऐतिहासिक काली शक्तिपीठ (काली मन्दिर) व्यवस्थापन समितिले भोटेकोशी बाढीपीडितहरूको राहत तथा सहयोगार्थ १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

समितिले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरी सोको  जानकारीपत्र जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई हस्तान्तरण गरेको हो । 


रकम हस्तान्तरणका लागि समितिकी अध्यक्ष डा मीनाक्षी नेपालको नेतृत्वमा गएको टोलीमा सचिव निशा आचार्य, कोषाध्यक्ष सुवर्णभक्त जोशी, सदस्य गोपालप्रसाद गुप्ता लगायतको सहभागिता  थियो।

 

प्राकृतिक विपत्तिका कारण घरबारविहीन तथा अप्ठ्यारोमा परेका नागरिकहरूको तत्काल राहत र पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले सामाजिक तथा मानवीय उत्तरदायित्वअन्तर्गत सो रकम उपलब्ध गराइएको अध्यक्ष डा. नेपालले जानकारी दिइन् ।

सो अवसरमा  प्रमुख जिल्ला अधिकारी कट्टेलले विपत्तिको यस घडीमा पीडित नागरिकलाई मद्दत पुऔयाउन धार्मिक तथा सामाजिक संस्थाका तर्फबाट काली शक्तिपीठ व्यवस्थापन समितिले देखाएको अग्रसरता र योगदानको प्रशंसा गरे ।

View : 66

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved