Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

संसदमा विपक्षी दलका सांसदहरुको विरोध

उद्घोष सम्वाददाता
२९ साउन २०८१, मङ्गलवार

काठमाडौँ, २९ साउन । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका केही सांसदले बोल्दाबोल्दै विद्युत् अवरुद्ध भएपछि त्यसको विरोध गरेका छन् । 

बैठकको आकस्मिक समयमासांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै विरोध जनाए ।

विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उनले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गरे । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ । 

त्यसअघि, सभामुख देवराज घिमिरेले आफूहरुले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढङ्गले सञ्चालनमा सघाउन सांसदहरुसँग अनुरोध गरेका थिए ।  रासस
 

View : 115

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved