Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कर्मचारीको सहकारीमा शुद्धीकरणको बहस

उद्‌घोष संवाददाता
१६ जेठ २०८३, शनिवार

विराटनगर । कर्मचारी सम्वद्ध राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी अध्ययन तथा सूचना केन्द्रले विराटनगरमा शनिबार आयोजना गरेको दुईदिने छलफलमा सहकारी शुद्धीकरणको मुद्दालाई जोड दिइएको छ ।

‘राष्ट्रसेवक सहकारीहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया तथा दुईदिने छलफलको उद्घाटनका क्रममा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले नै सहकारी अभियानभित्र केही अन्योलता सिर्जना भएको र त्यही भाष्य स्थापित हुँदै गएको भन्दै तथ्यपरक रूपमा विश्लेषण गरिनुपर्नेमा बताए ।

उनले सहकारी क्षेत्रमा देखिएका समस्या केवल नेपालको मात्र नभई विश्वव्यापी वित्तीय अस्थिरतासँग जोडिएको बताए । 

पोखरेलले सहकारी अभियानभित्र शुद्धीकरणको आवश्यक रहेको तर मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानलाई कसैले पनि बिर्सन नहुनेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरका अध्यक्ष जीवन काफ्लेले सहकारी ऐन, नियम र सिद्धान्तअनुसार संचालन हुन नसकेका सहकारी संस्थाहरूलाई खारेज गर्नुपर्ने बताए । 

काफ्लेले सदस्यहरूको बचत समयमै फिर्ता गरेर संस्थालाई व्यवस्थित रूपमा बन्द गरिए समस्याको समाधान निस्किने सुझाव दिए ।

आइतबारसम्म संचालन हुने कार्यक्रममा विभिन्न जिल्लाबाट राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ ।

View : 114

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved