विराटनगर । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ ।
डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो ।
जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुची राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
एभरेष्ट स्कुलको सभा हलहरूमा भइरहेको कार्यशालामा डीएनएनका तीन जना प्रतिनिधिहरु इशान पोखरेल, पीयुष पन्त र आशिमा चालिसेले विद्यार्थीहरुलाई सहजिकरण गरिरहेका छन् ।
कार्यशालामा विद्यार्थीहरुलाई स्पष्ट वक्ता बन्नका लागि चाहिने आवश्यक गुण, वाचनका शैली तथा विषयवस्तुको अध्ययन र प्रस्तुति लगायतका विषयहरुमा सिकाइने छ ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले आफ्ना तर्क र खण्डनलाई कसरी मर्यादित भएर प्रस्तुत गर्ने र नेपालको संसदीय अभ्यास तथा शक्तिशाली र सम्पन्न राष्ट्रहरुको संसदीय अभ्यासका विषयमा पनि जानकारी दिलाउन यो कार्यशाला प्रभावकारी हुने बताए ।
आफ्नै विद्यार्थीहरुबीच संयुक्त राष्ट्रसंघको नमुना अभ्यास कार्यक्रम गरेको एभरेष्टका विद्यार्थीहरुले त्यस्तै कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीहरुमाझ भियतनाममा उत्कृष्ट प्रस्तुति गरेर फर्किएका छन् ।
एभरेष्टकै इशल भट्टराईले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकलामा सेमिफाइनलमा उत्कृष्ट प्रस्तुति दिएर फाइनल स्पर्धामा भाग लिन चीन गएका छन् ।
View : 206
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved