Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

आजको मौसम: कोशी प्रदेशमा विहानैदेखि हल्का बर्षा

उद्घोष सम्वाददाता
७ चैत २०८०, बुधवार

विराटनगर । कोशीका जिल्लाहरुमा बुधबार विहान हल्का बर्षा भएको छ । अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाइएको छ ।

मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा  मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुने पनि महाशाखाले जनाएको छ । 

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।

View : 184

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved