Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

दुर्घटनामा शिक्षिकाको मृत्यु

उद्‌घोष संवाददाता
११ साउन २०८२, आइतवार

विराटनगर । आइतबार विहान भएको सवारी दुर्घटनामा परी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचास्थित सरस्वती माविकी शिशिक्षाको ज्यान गएको छ । 

ताप्लेजुङको फुङलिङ बजारवाट सिकैचा जाने क्रममा फावाखोलाको वनपालेमासवार बोलेरो दुर्घटना हुँदा ३० वर्षीया शिक्षिका भावना रसाईलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि उद्दार गरेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा बोलेरो चालक सविन बिष्ट गम्भीर घाइते भएका छन् । 

गुडिरहेको बेलामा ब्रेक फेल भएर बोलेरो सडकमा करीव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

View : 409

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved