Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल एमाले केन्द्रीय सचिव लड्दै

उद्‌घोष संवाददाता
२४ मंसिर २०८२, बुधवार

विराटनगर । नेकपा एमालेको आसन्न एघारौं महाधिवेशन नजिकिंदै गर्दा विभिन्न पदमा आकांक्षीहरु बढ्दै गइरहेको बेला सचिव पदका लागि मोरङका नेता विनोद ढकाल चर्चामा आएका छन् ।

नेकपा एमाले निर्माणको कारखाना मानिएको पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेको मोरङको विराटनगर–५ निवासी ढकालले एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

भूमिगतकालमै अनेरास्ववियुको मोरङको जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका ढकालले पार्टी राजनीतिमा पनि छुट्टै पहिचान बनाएका छन् ।

पार्टी राजनीतिमा पनि ढकालले वडा तहदेखि केन्द्रीय कमिटीको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

अखिलबाट बिदा लिएलगत्तै भूगोलको पार्टी काममा होमिएका ढकाल राजनीतिक बैचारिक कार्य अनुभव र संगठनात्मक कार्यसम्पादनको हकमा चाहिने क्षमताको अपार स्रोत मानिन्छन् । 

मोरङ जिल्ला कमिटीमा अध्यक्ष, जिल्ला इञ्चार्ज रहँदै दशांै महाधिवेशनबाट केन्द्रीय सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित नेता ढकाल कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्ष पदमा झिनो मतले पराजय भएसँगै राजनीतिक भूमिकाका हिसावले कुनै खास पदभारमा थिएनन् । 

पार्टीको खास जिम्मेवारी र भूमिकाबाहिर रहे पनि युवामाझ अत्यन्तै लोकप्रिय ढकालले पार्टीलाई विधिसम्मत् ढंगले सञ्चालन गर्न उपयुक्त वातावरण बनाइरहेका छन् ।

नेतृत्वको वैरभावका कारण लामो समयसम्म पार्टीको कुनै महत्वपूर्ण जिम्मेवारी र भूमिकाविहीन बनाइएका नेता ढकाल कोशी प्रदेशको एमाले निर्देशित र संगठित कामको केन्द्रबिन्दुमा रहने गरेका छन् । 

प्रदेशका सबै जिल्ला अधिवेशन, पार्टीसम्बद्ध जनसंगठनको अधिवेशन, कार्यक्रममा वा आन्दोलनमा कोशीमा सर्वाधिक खोजिनीति गरिने नेतामा पर्छन् ढकाल । 

उनले यसअघि नै सचिव पदका लागि चुनाव लड्ने मनस्थितिका साथ मोरङ क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् ।

उनी अहिले एमालेभित्रको राजनीतिक कित्तामा इश्वर पोखरेल समुहमा सक्रिय छन् । तर, पार्टी नेतृत्वको चाहना बमोजिम नेतृत्व चयनमा सहमति भए उनले राजनीतिक फड्को मार्नेमा उनका समर्थकहरूले विश्वास व्यक्त गरेका छन् ।

View : 346

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved