विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
सञ्चारकर्मी सञ्चार सहकारीले शुक्रबार एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरेको हो ।
५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष समेत रहेका नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।
५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवम् उद्घोषडेली डटकमका सम्पादक बन्धु पोखरेललाई प्रदान गरेको छ । यो पुरस्कार उद्योगपति समाजसेवी दीनबन्धु गोयलले आफ्ना दिवङ्गत दाजु ओमप्रकाश गोयलको स्मृतिमा स्थापना गरेका हुन् ।
त्यसैगरी २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई प्रदान गरेको हो ।
१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार कोशी सन्देस डटकम अनलाइनकी डेस्क सम्पादक रुमा दाहाल (निशा) लाई प्रदान गरेको छ ।
सम्मानित तथा पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायधीस राजनप्रसाद भट्टराईले सम्मान पत्र प्रदान गरे ।
त्यसैगरी सहकारीका संस्थापक अध्यक्ष मोहन भण्डारी, वर्तमान अध्यक्ष दीपक दाहाल र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पुरस्कृत पत्रकारहरूलाई दोसल्ला र माला लगाएर सम्मानित गरेका थिए ।
View : 1412
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved