विराटनगर । एकल महिलाहरूले राज्यबाट आफूहरू उपेक्षामा परेको गुनासो गरेका छन् । उनीहरूले एकल महिलाका लागि पनि कोटा आवस्यक भएको बताएका छन् ।
राष्ट्रिय महिला आयोगले बिहीबार विराटनगरमा आयोजना गरेको एकल महिलाहरूको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रम पृष्ठपोषणका लागि सरोकारवालाहरूसँग फ्रदेश स्तरीय अन्तरक्रिया कार्यत्रममा एकल महिलाहरूले सो माग गरेका हुन् ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह कोशी प्रदेशकी कोषाध्यक्ष तथा सुनसरी अध्यक्ष शान्ता अधिकारीले सरकारबाट आफूहरू उपेक्षामा परेको बताइन् । उनले सरकारले एकल महिलाहरूका लागि पनि कोटा छुट्याउनुपर्ने माग राखिन् ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह कोशी प्रदेशकी गीता पोखरेलले नीति निर्माण तहमा एकल महिलालाई सहभागी नगराइने गरेको बताइन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी ऋषिराज कँडेलले विशेष संरक्षण चाहिने वर्गलाई प्रहरीले छुट्टै युनिट खडा गरेर सेवा दिइरहेको बताए ।
कोशी प्रदेशको अन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले एकल महिलाहरू संगठित हुनु नै संघर्षको उपलब्धी भएको बताए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्सेर राईले एकल महिलाले भोग्दै आइरहेको सम्पूर्ण समस्यामा कोशी प्रदेश सरकारको ध्यान आकृष्ट भएको बताउँदै समस्याको समाधानको पहलको निम्ति उपयुक्त कदम चाल्ने प्रतिवद्धता जनाए ।
कोशी प्रदेशमा १३ हजार ७७१ एकल महिलाहरू मानवअधिकारका लागि महिला, एकल महिला समूहमा आबद्ध छन् ।
View : 321
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved