Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

कर सप्ताह सुरु

उद्‌घोष सम्वाददाता
१ मंसिर २०८१, शनिवार

विराटनगर, १ मङ्सिर । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने प्रमुख नाराका साथ १३औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु भएको छ ।

विभिन्न प्लेकार्डसहित आन्तरिक राजस्व कार्यालय विराटनगरबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागको परिक्रममा गरी पुनः कार्यालयमा सभामा परिणत भयो ।

सभामा कर प्रणाली चुस्तदुरुस्त हुनुपर्ने र करदातालाई सरकारले सहजीकरण गर्नुपर्ने वक्ताहरुले जोड दिए । उद्योग र व्यापारविना करमा बढोत्तरी हुन नसक्ने भएकाले सरकारले उद्योग र व्यापारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उनीहरुको भनाइ छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सरकारले कर प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्ने बताए । उनले करविना राष्ट्रको निर्माण हुन नसक्ने भएकाले यसमा सबैले इमान्दार भएर प्रत्यन गर्नुपर्ने आवश्यकता औँल्याए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख भूपालराज शाक्यले कर सङ्कलनमा निराशाको स्थिति नरहेको प्रष्ट पार्दै यसमा अझै मेहिनत गर्नुपर्ने कुरामा जोड दिए । उनले जनताको उपभोग्य क्षमता घटेको र उत्पादन बढ्न नसकेकाले कर असुलीमा केही समस्या देखिए यसलाई निराकरण सबैले आफ्ना तहबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, कर अधिकृत गजाधर खतिवडा, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख तोपनाथ उप्रेती, प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल लगायतले बोलेका थिए ।  रासस

View : 94

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved