विराटनगर । विश्व शान्ति तथा परिवारको शान्तिको कामना गर्दै नेपाल परिवार कुलपूजा समितिले बैशाखे पूर्णिमाको अवसरमा बिहीबार विराटनगरमा कुलपूजा तथा बन्धु भेला गरेका छन् ।
अध्यक्ष डा मीनाक्षी नेपालको अध्यक्षतामा भएको भेलामा खोटाङ हौंचुर, काभ्रे मण्डन, ताप्लेजुङ, इलाम, धनकुटा, बयरवन, बेलवारीसहितका स्थानबाट आएका एक सय २६ घरका दुई सय ७० व्यक्तिको उपस्थिति रहेको सहसचिव भागवत नेपालले बताए ।
सो अवसर कुलदेवताको कोरी पूजा, अग्नी स्थापना विधिले हवन, लाख वत्ती प्रज्वलन गरिएको सदस्य टीकाप्रसाद नेपालले बताए ।
विराटनगर–८ हाटखोलामा सभा दुई कठ्ठा जग्गामा नेपालहरुकै श्रमदान तथा चन्दाबाट बनाइएको भवन परिसरमा कुलपूजा सम्पन्न भएको सचिव तुलसीराम नेपालले बताए ।
समितिले हत्या हिंसालाई अन्त्यको कामना गर्दै विश्व शान्तिको कामना गर्दै आएको छ ।
View : 351
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved