Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगरका बानियाँले जिते टीटीको उपाधि

उद्‌घोष संवाददाता
६ फागुन २०८२, बुधवार

विराटनगर । विहारको बथनाहमा भएको इण्डो–नेपाल च्याम्पियनसिप टेवलटेनिस प्रतियोगितामा विराटनगरका अनुज बानियाँले प्रथम स्थान प्राप्त गरेका छन् । 

बानियाले भारतको सिक्किम, सिलिगुडी, बेगुसराय र दार्जिलिङका खेलाडीहरुलाई हराउँदै ५५ वर्षमाथिको भेट्रान्सहरुको प्रतियोगिताको उपाधि जितेका हुन् । बानियाँ नेपाल टेबलटेनिस संघको केन्द्रीय उपाध्यक्ष हुन् ।

यसैगरी ४० वर्षमाथिको  पुरुष खुल्ला प्रतिष्पर्धामा विराटगरका राजेश भट्टराईले दोस्रो स्थान प्राप्त गरेका छन् । छात्रा जोडीतर्फ इटहरीकी सुधा पोखरेल र अञ्जली ठाकुरले तेस्रो स्थान प्राप्त गरे । 

महाशिवरात्रीका अवसरमा बथनाहस्थित जेनिथ कलेजले आयोजना गरेको सो प्रतियोगितामा नेपाल र भारतका गरी ८६ जना खेलाडीको सहभागिता रहेको बताइएको छ ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved