विराटनगर । नेपाली कांग्रेस केन्द्रीय मुख्यालयले सोमबार कोशी प्रदेश समितिलाई पत्र पठाउँदै शेखर कोइराला समूहको समानान्तर भेलामा सहभागी नहुन जिल्लाहरुमा पत्राचार गर्न निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रदेश समितिलाई पत्र पठाउँदै ‘नेपाली कांग्रेसको वैधानिक प्रावधान अनुरुप सबै तहको सम्मेलन गर्ने प्रक्रिया प्रारम्भ भएको’ र सोही अनुसार मंसिर २२ मा प्रदेश सम्मेलन आयोजना गरिएको तथा त्यसपूर्व पार्टीको कुनै कार्यक्रम नरहेको जानकारी जिल्लाहरुमा दिन पत्रमा उल्लेख छ।
‘पार्टीको जुन तहको कार्यसमिति हो, त्यसले त्यही तहभित्रकै कार्यक्रम आयोजना, समन्वय र नेतृत्व गर्ने वैधानिक व्यवस्था रहेको छ । यसक्रममा कोशी प्रदेशको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने गरी प्रदेश समितिको आयोजनामा कार्यक्रम निर्धारित छ’, पत्रमा भनिएको छ ‘मसिर २२ पूर्व कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने–नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ । यस सम्बन्धमा प्रदेश अन्तर्गत रहेका सम्पूर्ण पालिकाहरूलाई आवश्यक जानकारी गराई दिन हुन समेत निर्देशानुसार अनुरोध छ ।’
कोशीमा प्रदेश समितिले मंसिर २२ मा प्रथम प्रदेश सम्मेलन आयोजना गर्दैछ ।
त्यसअघि नै शेखर कोइराला पक्षले मंगलबार विराटनगरको जैन भवनमा समानन्तर भेला गर्ने भएको छ । त्यसलाई पार्टी केन्द्रले वैधानिक भेला मान्न अस्वीकार गरेको छ ।
View : 395
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved