Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

कानेपोखरीमा विद्यार्थीलाई छात्रवृत्ति र सम्मान

उद्‌घोष संवाददाता
३१ असार २०८२, मङ्गलवार

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले सोमबार विद्यार्थीहरूलाई छात्रवृत्ति र पुरस्कार वितरण गर्नुका साथै सम्मानित गरेको छ । 

‘प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी’ कार्यक्रम अन्तर्गत प्राविधिक विषयमा अध्ययनरत १८ जना विद्यार्थीलाई नगद २७ हजार ५ सय रुपैयाँसहित सम्मानित गरिएको जनाइएको छ । 

सोही अवसरमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने गाउँपालिकाका शिक्षक र कर्मचारी गरी ३० जनालाई पनि नगद पुरस्कार प्रदान गरिएको हो ।

गाउँपालिकास्तरीय आधारभूत शिक्षा कक्षा ५ र ८ मा सामुदायिक विद्यालयतर्फ कक्षा ८ मा पालिका प्रथम हुने सुदर्शन निरौलालाई नगद १० हजार र द्वितीय हुने सरिना धिमाललाई ७ हजार रुपैयाँ प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ ।

त्यसैगरी कक्षा ५ मा पालिका प्रथम भएकी सृष्टि राईलाई ५ हजार र द्वितीय हुने ममता भट्टराईलाई ३ हजार रुपैयाँसहित सम्मानित गरिएको शिक्षा शाखा प्रमुख चुडामणि रेग्मीले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ २०८१ सालको परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने सिंहदेवी मावि कानेपोखरीकी आराधना कार्कीलाई २५ हजार र सोही विद्यालयकी आर्यन आचार्यलाई २० हजार रुपैयाँसहित सम्मानित गरिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव लगायतले एसईई परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने शिक्षासदन मावि कानेपोखरीलाई ३० हजार र सिंहदेवी मावि कानेपोखरीलाई २० हजार रुपैयाँसहित सम्मान गरेका थिए ।

अध्यक्ष इङ्नामले पालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर बर्षेनी लगानी गर्दै आएको बताइन् । विद्यालयको पूर्वाधार विकासमा समेत लगानी बढाउँदै लगेको दाबी गरिन् । 

उपाध्यक्ष अधिकारीले शिक्षामा सुधार ल्याउन पालिकाले ध्यान दिंदै आएको बताए । शैक्षिक गुणस्तर कायम गर्न विद्यालय मर्जमा लैजाने प्रक्रियामा समेत अघि बढेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत यादवले सामुदायिक विद्यालय सुधारमा हरेक अभिभावकले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने बताइन् ।

View : 440

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved