इनरुवा । सुनसरीको इनरुवामा निजी क्षेत्रबाट २१० फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ ।
इनरुवाको झखनझोरामा निर्माणाधीन ग्रिन सिटी पार्कभित्र उक्त झण्डा मंगलबार औपचारिक रुपमा फहराइएको हो ।
झण्डा नेपालकै हालसम्मको अग्लो भएको पार्क निर्माणकर्ता कम्पनी डीएन ग्रुप अफ कम्पनिजले जनाएको छ ।
उक्त ग्रुपले सोही स्थानमा पाथीभरा देवीको मन्दिर निर्माणको काम पनि थालेको छ । ग्रुपले मन्दिर निर्माणका लागि जनस्तरसमेतबाट सहयोग जुटाउन श्रीमद्भागवत महापुराणको आयोजना गरेको छ ।
महापुराणमा प्रखर युवा आचार्य पण्डित कुमार निरौलाले संगीतात्मक शैलीमा श्रीमद्भागवत कथा वाचन गरिरहेका छन् ।
महापुराणकै बीचमा पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी राष्ट्रिय झन्डाको झन्डात्तोलन नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष ध्रुव घिमिरेले गरेका हुन् ।
डीएन ग्रुप अफ कम्पनिजले उक्त क्षेत्रमा झण्डै एक सयभन्दा बढी विघा क्षेत्रफलमा आधुनिक वस्ती विकास परियोजनाको काम गरिरहेको छ ।
ग्रिन सिटी नाम दिइएको उक्त वस्तीमा विद्यालय–कलेज, अस्पताल, रिसोर्ट र सुपरमार्केट निर्माण हुने कम्पनीले जनाएको छ ।
View : 87
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved