Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुन चाँदीमा आचारसंहिता

उद्‌घोष संवाददाता
९ भदौ २०८१, आइतवार

Advertisement

विराटनगर । नेपाल सुनचाँदी व्यवसायी महासंघको कोशी प्रदेश समितिले शुक्रबारदेखि आचार संहिता २०८१ लागू गरेको छ । 

इमान्दार, पारदर्शी र उत्तरदायी हुने गरी आचार संहिता फालना गर्न शुक्रबार एक कार्यत्रममा प्रतिबद्धता जारी गरिको हो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले सुनचाँदी व्यवसायमा सरकारलाई कर घटाउन जानकारी गराउने धारणा व्यक्त गरिन् । 

महासंघले कोशी प्रदेश समितिमा विराटनगरका युवा व्यवसायी एवं राजनीतिकर्मी महेशकुमार साह स्वर्णकारलाई महासंघको कोशी प्रदेश सदस्यमा र गजेन्द्र बराइली (गाईघाट), शम्भु ल्वागुन (बेलटार), खगेन्द्र थेवे (पथरी) मनोनयन गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिव्यरत्न शाक्य, कोशी प्रदेश अध्यक्ष रमेश रसाइली, कोशी प्रदेश उपाध्यक्ष तथा विराटनगर शाखा अध्यक्ष शशिभूषण साहले स्वर्णकार लगायतलाई प्रदेश सदस्यमा मनोनयन गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
 

View : 521

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved