विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी) र यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र) मा गरेको अनुगमनका क्रममा नक्कली डाक्टरसहित १७ जना बिचौलिया पक्राउ परेका छन् ।
यातायात कार्यालयमा सेवाग्राहीलाई बिचौलियाहरुले दुःख दिने तथा अनियमित कार्यहरु गर्ने गराउने गरेको भन्ने गुनासो आएपछि बुधबार अनुगमन गरिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा भएको अनुगमनका क्रममा आफूलाई डाक्टर भनेर चिनाउने एकसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रवक्ता एवं सहायक प्रजिअ वेदराज फुयालले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 456
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved