विराटनगर । राजस्व छली गरी ल्याएको आशंकामा प्रहरीले विराटनगरको बसपार्कबाट मंगलबार चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–२ घर भई हाल मोरङको कटहरी गाउँपालिका–२ बस्ने ४० बर्षीय सञ्जय स्वर्णकार छन् ।
उनको साथबाट एक लाख २८ हजार मूल्य बराबरको चाँदीका गरगहनाहरु फेला बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को ०१–०२–०४८ प ७६६८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका स्वर्णकारलाई विराटनगर बसपार्कमा जाँच गर्दा उनको साथबाट राजश्व चुहावट गरी ल्याउँदै गरेको अवस्थामा चाँदीका गरगहना बरामद गरिएको हो ।
चाँदीका गरगहना र मोटरसाइकलसहित पक्राउ परेका स्वर्णकारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।
View : 107
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved