Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

दरहिया स्कुलमा आधुनिक शौचालय निर्माण

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । जनता आधारभूत विद्यालय विराटनगर–१२, दरहियामा अध्ययनरत विद्यार्थीका लागि निर्माण गरिएको आधुनिक शौचालयको मंगलबार उद्घाटन गरिएको छ ।


 विराटनगर–१२ का वडासदस्य कुशेश्वर राजवंशी, लायन्स क्लबका प्रस्तावित गभर्नर उदयनारायण बराल र दाताको तर्फबाट नवराज दाहालले नवनिर्मित शौचालयको उद्घाटन गरेका हुन् । 

अमेरिका बस्दै आएकी सोनु मल्लले व्यक्तिगत पहलबाट लायन्स क्लब क्वीन बुद्ध न्यूयोर्कमार्फत  शौचालय निर्माणका लागि पाँच लाख ८५ हजार रुपैयाँ उपलब्ध गराएकी थिइन् । 

कार्यक्रममा नेपाल विश्वविश्वविद्यालय निजी कलेज संघ (नुप्का)का अध्यक्ष तीर्थराज घिमिरे, मल्लका श्रीमान नवराज दाहाल, . विद्यालयका प्रधानाध्यापक ओम ढकाल, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रोशनी राजवंशीले महानगर भएर पनि दरहिया पिछडिएको क्षेत्र भएकोले जनता आधारभूत विद्यालयलाई मल्लले गरेको सहयोग सराहनीय रहेको बताए । 

View : 312

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved