Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङको सुनबर्षीका मतदान अधिकृत प्रहरी नियन्त्रणमा

उद्‌घोष संवाददाता
२० फागुन २०८२, बुधवार

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा रहेको एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रंजित सिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीला अनुसार बुधबार बेलुका करिब ६:५० बजे सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको (ग) मतदान केन्द्रमा खटिएका सिवाले अन्य कर्मचारीसँग झै–झगडा र गालीगलौज गरेका थिए ।

निर्वाचन प्रक्रियामा असहयोग गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ परेका सिवा नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत सहायक पाँचौँ तहका कर्मचारी हुन् ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले सिवालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवामा ल्याएको जनाएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।

View : 1340

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved