Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

निःशुल्क कम्प्युटर तालिम दिइने

उद्घोष सम्वाददाता
१० फागुन २०८०, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१२ मा रहेको ग्रेट नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क कम्प्युटर तालिम दिइने भएको छ ।

सहकारीले विशेषगरी आदिवासी जनजाति, पिछडिएको वर्ग, आर्थिक रूपले विपन्न विद्यार्थी, एकल महिलाका लागि तालिम दिन लागेको आयोजक संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यले बताए ।

तालिममा अफिस एप्लिकेसन, एकाउन्टिङ, ग्राफिक्स डिजाइन, हार्डवेयर र नेटवर्किङ सम्बन्धी पढाइ हुने प्राविधिक सहयोग गरेको संस्था कम्प्युटर प्वाइन्ट नेपाल सीपीएनका सञ्चालक कमल लुईंटेलले बताए ।

विगतका वर्षमा पनि यस्ता कार्यक्रम गर्दै आएकाले यो पटक पनि निरन्तरता दिएको आयोजक सहकारी संस्थाका सचिव सुमन खनालले जानकारी दिए ।
 

View : 195

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved