Biratnagar, Morang, Nepal
२५ चैत २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

नबिलको सामाजिक उद्यमशिलता तालिम

उद्‌घोष सम्वाददाता
२४ चैत २०८१, आइतवार

विराटनगर/ महेन्द्र मोरङ क्याम्पस र  नविल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नविल एसएबाई’ तीन महिने प्रशिक्षण कार्यक्रमको छैटौं समूहको तालिम शनिवार सम्पन्न भएको  छ ।
युवाहरुलाई नविल बैंकले सामाजिक उद्यमशीलताको  क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी पच्चिस प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरि छैटौं चरणको तालिम समापन गरिएको हो ।

कार्यक्रममा वोल्दै  कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले दैनिक हजार बढीको संख्यामा युवाहरु विदेश पलायन भैरहेको अवस्थामा वैंकले उद्यमशीलताको तालिम सञ्चालन गर्नु सराहनीय भएको वताए । साथै यस्ता कार्यक्रमलाई सहयोग गर्न प्रदेश सरकार सधै तयार रहेको बताए ।

नविल बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठले सातै प्रदेशमा यो तालिम सञ्चालन भैरहेको र बैंकले आगामी दिनमा पनि सहयोग गरिरहने वताए । कार्यक्रममा वोल्दै साना तथा घरेलु उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले यस्ता तालिम लिई  उद्यम गर्न चाहनेलाई  संघले आवश्यक सबै सहयोग गर्ने वताए । कोशी प्रदेशको सबैभन्दा ठूलो क्याम्पसले यस किसिमको तालिम संचालन गरेकोमा र  नविल बैंकले वित्तीय व्यवस्थापनगरेकोमा दुवैलाई धन्यवाद दिए ।महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवनारायण चौधरीले तालिममा सहभागीहरुलाई आफूले सिकेको ज्ञानलाई ब्यवहारमा कार्यान्वयन गर्न अनुरोध गरे ।

घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिकी अध्यक्ष अमृता भण्डारीले  आफू  दोस्रो  ब्याचको सहभागी भएको र तालिमपछि आफ्नो  ब्यवसायलाई दिगो र फराकिलो बनाउदै गएको अनुभव सुनाइन् । सहभागीहरूको तर्फबाट आयुष गिरीले तालिमबाट आफूले   उद्यमशिलता विकास गर्न धेरै कुरा सिकेको बताए ।हालसम्ममा सो तालिमबाट  १४१ जना दीक्षित भैसकेको कार्यक्रम निर्देशक वेदप्रसाद संग्रौलाले बताए ।
 

View : 187

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved